नेभिगेशन
गोपनीयता नीति

नेपोनोमी मिडिया प्रालिले सञ्चालन गर्ने nepalshow.com मल्टिमिडिया न्यूज पोर्टल नेपालमा हाल प्रचलित वैयक्तिक गोपनीयता ऐन २०७५ को पूर्ण रुपमा पालना गर्नेछौं ।

हामीले हाम्रो न्यूज पोर्टलको सेवा उपलब्ध गराउने क्रममा पाठक तथा दर्शकबाट केही सूचना स्वतः संकलन हुनेछ । त्यस्ता सूचनाहरुमा पाठक तथा दर्शकका आईपी एड्रेस, लोकेसन, डिभाइसका प्रकार, हाम्रो वेबसाइटमा बिताएको समय आदि पर्छन् ।

यी सूचना हामीले कानुनी रुपमा कुनै निकायमा उपलब्ध गराउनैपर्ने अवस्थामा बाहेक गोप्य राख्नेछौं ।

यद्यपि हाम्रा सोसल मिडिया प्लाटफार्म फेसबुक, टिकटक, इन्स्टाग्राम, एक्स, युट्युब आदिमा प्रयोगकर्ताले गरेका कमेन्टहरु सार्वजनिक रुपमा अन्य प्रयोगकर्ताले पनि देख्न सक्नेछन् ।

समाचार सामग्रीमा गोपनीयता

यदि समाचार स्रोतले आफ्नो नाम र वैयक्तिक विवरण सार्वजनिक गर्न नचाहेमा त्यस्ता सूचना गोप्य राख्नेछौं । तपाईंले हामीसँग टेलिफोन, इमेल वा यस्तै दूरसञ्चारको कुनै पनि माध्यमबाट गरेको कुराकानी गोप्य रहनेछ ।
पीडितलाई थप पीडा पुग्ने गरी नाम, अन्य वैयक्तिक विवरण, तस्वीर तथा भिडियोहरु सार्वजनिक गर्ने छैनौं ।

बालबालिकासँग सम्बन्धित सूचना, फोटो तथा भिडियोहरुको प्रयोगमा सावधान रहनेछौं । समाचार सामग्रीमा बालबालिका प्रयोग गर्नुपरेमा उनीहरुको अभिभावक तथा विद्यालयको पूर्व अनुमति लिनेछौं ।

नेपाल शो मा प्रकाशित सामग्री पूर्ण रुपमा डिलिट गरिने छैन । कुनै समाचार सामग्रीको तथ्यमा फरक परेको थाहा पाउनेवित्तिकै त्यसलाई सच्याउनेछौं । सच्याउँदा भूलसुधार गरेको जनाउ दिनेछौं ।

nepalshow.com मा प्रकाशित सामग्री कुनै पनि माध्यममा पुनः प्रकाशन गर्न पाइने छैन ।