nepalshow.com पत्रकारहरुको समूहले स्थापना गरेको मल्टिमिडिया न्यूज पोर्टल हो । सन् २०२५ मा स्थापित यो न्यूज पोर्टलले विशेषत: भिडियो समाचार उत्पादन तथा प्रशारण गर्छ ।
प्रविधिको विकाससँगै पढेर भन्दा हेरेर सूचना थाहा पाउन चाहनेको संख्या तीब्र रुपमा बढिरहेको छ । पाठकको चाहना बदलिएसँगै सूचना दिने माध्यम पनि बदल्नुपर्छ भन्ने हाम्रो मान्यता हो । जुनसुकै माध्यम होस् पाठकले सत्य, तथ्य र निष्पक्ष सूचना खोजिरहेको हुन्छ ।
तर माध्यमका आधारमा पत्रकारिताको मूल्य मान्यता फरक हुनु हुँदैन । जुनसुकै प्लाटफार्ममा पनि आमसञ्चार माध्यमले आफ्नो आधारभूत मान्यतामा सम्झौता गर्नुहुन्न । हामी संसारभर छरिएका नेपालीभाषी पाठकहरुलाई मल्टिमिडिया प्लाटफार्मबाट छिटो, सन्तुलित र विश्वसनीय समाचार सामग्री सम्प्रेषण गर्ने प्रतिवद्धता जनाउँछौं ।
सम्पादकीय टिम :
राजकुमार श्रेष्ठ
विनोद ढकाल
रवीन्द्र घिमिरे
सतिश श्रेष्ठ
सुदीप श्रेष्ठ
सविना पौडेल