नेभिगेशन
3 Minute

पाठेघरको मुखको क्यान्सरबाट जोगाउन १७ लाख किशोरीलाई लगाइँदैछ खोप

पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’ लाई मानिन्छ । प्राय छालाको सम्पर्कबाट सर्ने यो भाइरस एकदमै सजिलोसँग सर्छ । 

यसबाट जोगिने उपाय भनेको खोप हो । खोप लगाएमा क्यान्सर रोक्न सक्ने सम्भावना ८० प्रतिशतसम्म कम हुन्छ । त्यसैले १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप दिन सरकारले माघ २२ गतेदेखि अभियान नै सुरु गरेको छ । 

फागुन ६ गतेसम्म १६ लाख ८८ हजार ७६८ किशोरीलाई यो खोप लगाउने लक्ष्य छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute