नेभिगेशन
एक्सप्लेनर भिडियो

हिउँदमा त जेनतेन चलेकै छ बर्खामा के होला बीपी राजमार्ग ?

गत असोज दोस्रो हप्ताको भीषण वर्षा र बाढीले वीपी राजमार्ग क्षतविक्षत छ । पानी पर्न छाडेपछि कतै पहाड खनेर त कतै खोलाको बगर सम्याएर गाडी त जसोतसो चल्ने बनाइयो ।

अर्को वर्षायाममा पनि गाडी चल्छ कि चल्दैन भन्नेमा शंका छ । किनभने अहिलेसम्म यो सडक बनाउन बजेटको ग्यारेन्टी छैन । सडक विभागले यो सडक मर्मत गर्न ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने भनेको छ ।

के सरकारले यति बजेट बन्दोबस्त गरेर सडक बनाउला ? विस्तृत जानकारीका लागि भिडियोमा हेर्नुहोस् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो