नेभिगेशन
एक्सप्लेनर भिडियो

बालेन र सिंहदरबार भिडाउने काठमाडौं टावर

  • काठमाडौंका मेयर बालेन शाह र सिंहदरबारबीच भइरहेको पछिल्लो टकरावको जरो खोज्दै जाँदा पुगिन्छ, काठमाडौं टावर ।
  • पुरानो बसपार्कमा काठमाडौं टावर बनाउन थालेको ९ वर्ष भइसक्यो, यही टावरको नक्साबाट उत्पन्न विवादलाई लिएर संघीय सरकार र मेयर बालेन आरोप–प्रत्यारोपमा उत्रिरहेका छन् । 
  • २०८१ असोज १० गते सहसचिव सरोज गुरागाइँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर पुगे  । उनले पद सम्हालेको भोलिपल्टै काठमाडौं टावरको नक्सापासको प्रमाणपत्र जारी गरिदिए । तर मेयर बालेनलाई थाहा पनि दिएनन् । 
  • मेयर बालेनले पनि गुरागाईंलाई छानबिन नसकिन्जेल बिदामा बस्न लगाए । 
  • उनी बिदामा बसेपछि मेयरदेखि सफाइ कर्मचारीले २ महिनादेखि तलब खान पाएका छैनन् । शिक्षकहरुको तलब पनि ठप्प छ । ठूला आयोजनाको भुक्तानी पनि ठप्प छ । 
  • काठमाडौं टावर बनाइरहेको जलेश्वर स्वच्छन्द बिकोइ जेभीका सञ्चालक हुन्, मनोज भेटवाल ।
  • काठमाडौंको आकाशे पुलका सटर र  विज्ञापनहरुबाट राम्रो कमाइ गरेका मनोज भेटवालको त्यही मोडलमा पुरानो बसपार्कमा काठमाडौं टावर बनाउने योजना छ । 
  • उनी बैंकको कालोसूचीमा परेका व्यक्ति पनि हुने । एकपछि अर्को विवादमा मुछिँदा पनि भेटवाल काठमाडौं टावर बनाउने योजनाबाट भने पछि हटेनन् । 
  • किनभने काठमाडौं टावरमा उनी मात्र होइन, केही बैंकर, नेता, काठमाडौं महानगरकै केही कर्मचारीहरुको समेत स्वार्थ जोडिएको छ ।
     
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो